काठमाडौँ । तिहारपछि बजार खुलेसँगै घट्दै आएको सुनको मूल्य नेपाली बजारमा बुधबार पनि घटेर सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ७०० रुपैयाँ घट्दै तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको हो ।
यसैबिच बुधबार चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार भने बढेर तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij