Logo

Oct 30 2025 | २०८२, कात्तिक १३गते

Oct 30 2025 | २०८२, कात्तिक १३गते

images

सरकारलाई लगानीको वातावरण बनाउन सकस, बैंकिङ प्रणालीबाट तरलता तान्ने उपकरणको निरन्तरता दिँदै राष्ट्र बैंक

सरकारलाई लगानीको वातावरण बनाउन सकस, बैंकिङ प्रणालीबाट तरलता तान्ने उपकरणको निरन्तरता दिँदै राष्ट्र बैंक

  • काठमाडौँ । सरकारलाई लगानीको वातावरण बनाउन सकस भएको छ । जेनजी आन्दोलनबाट बनेको अन्तरिम सरकारले आफ्नो अन्तर्य बुझ्न नसक्दा र निर्वाचन गराउने कार्य पूरा गर्नु मात्र भएको भन्नुले  लगानीको वातावरण नबन्ने देखेर  राष्ट्र बैंकले लामो समयसम्मका लागि बैंकिङ प्रणालीबाट रकम तान्न थालेको हो ।

    भदौ अन्तिम साता  मसान्त तिर प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएपछि स्थिर भएको देश गतिशील हुने संकेत दर्शायो । राष्ट्र बैंकले पनि बैंकिङ प्रणालीबाट तरलता तान्दा क्रमिकरूपमा सानो समयका लागि तान्ने नीति लिएको देखियो । १२, ११ दिन गरी ४ दिनसम्मका लागि निक्षेप संकलन उपकरणको उपयोग गरी बैंकिङ प्रणालीबाट तरलता तान्ने उपाय राष्ट्र बैंकले प्रयोग ग¥यो । कार्तिक २ गते साँवा र ब्याज फिर्ता गर्ने गरी सो अवधिमा कुल १ खर्ब९५ अर्ब बराबरको तरलता राष्ट्र बैंकले तानेको थियो । अन्तरिम सरकारको पूर्णतामा ढिलाइ र अन्तरिम सरकारमा सामेल भएका मन्त्रीहरूले चुनाव गराउन यो सरकार मात्र बनेको भन्न थालेपछि लगानीकर्ताहरू निराश भएका छन् ।

    कतिपय विज्ञले जेनजी आन्दोलनको बलमा बनेको सरकारले केही नयाँ भिजनका साथ चुनाव गराउने तयारी गरेको भए लगानीको वातावरण बनाउने तर्फ सरकारको पहल हुने अपेक्षा गरेका थिए ।

    कार्तिक २ गते करिब २ खर्ब बराबरको सावाँ र ब्याजसहितको तरलता राष्ट्र बैंकले प्रवाह गरेपछि चाडपर्वले बजारको स्थिर थियो । त्यसयता सरकारले पनि लगानीकर्ताको मनोबल जित्न नसकेको , बजारमा चुनाव हुन नसक्ने, सरकार नटिक्ने , आदिइत्यादि टिप्पणी भइरहेकाले लगानीकर्ता विशेषगरी उत्पादनमूलक क्षेत्रमा उत्साहित हुने अवस्था बनेको देखिएन् । घरजग्गा कारोबारले पनि उत्पादनमूलक क्षेत्रलाई चलायमान बनाउने गरी गतिशीलता दर्शाएन् ।

    बैंकिङ प्रणालीबाट कर्जाको माग अर्थतन्त्रका विभिन्न क्षेत्रबाट नहुने देखिएपछि राष्ट्र बैंकले  लामो समयका लागि तरलता तान्न लागेको हो ।मौद्रिक नीति र बैंकिङ प्रणालीलाई नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको गतिविधिलाई निरन्तर नियालिरहेको हुन्छ । सरकारको इशारा बुझिरहेको हुन्छ । निर्देश मानिरहेको हुन्छ । अर्थतन्त्रलाई प्रवाहित गर्ने मुख्य बैंकिङ सञ्जालबाट कार्तिक २ गतेको तरलतास्थितिबाट अहिलेसम्म सवा खर्ब बढी बराबरको तरलता राष्ट्र बैंकले तानिसकेको छ । मंसिर २१ गतेसम्मका लागि अहिलेसम्मको स्थितिमा सो बराबरको तरलता तानिसकिएको छ । तिहार यता राष्ट्र बैंकले १ खर्ब ३० अर्ब रकम बैंकिङ प्रणालीबाट तानेको उसका दुई सूचना अनुसार प्रष्टिन्छ ।

    त्यसमध्ये ४० अर्ब बराबरको तरलता करिब ६ महिनाका लागि तानिसकेको छ । ४० अर्ब बराबरको तरलता बैशाख ९ गते बजारमा प्रवेश पाउने भएको छ । अर्को ९० अर्ब बराबरको तरलता निर्धारित ब्याजसहित मंसिर २१ गते प्रवाहित हुने अवस्था छ ।

    गएको तीन महिनामा घरजग्गा कारोबार गतिशील हुन नसकेको देखिएको छ । यता उद्योगी व्यवसायी र नेपाल विद्युत् प्राधिकरणबीचको तनावले उद्योगहरू समस्यामा परेको देखिन्छ । यसले पार्ने चक्रीय प्रभावले कर्जाको मागलाई गतिशील बनाउन नसक्ने कतिपयको बुझाइ रहेको छ । बैंकिङ प्रणालीबाट कर्जा प्रवाहित नभए प्रणालीमा तरलताको अधिकता बढ्दै जान्छ । यस्तो अवस्था आए यो अवधिमा राष्ट्र बैंकले आगामी दिनमा थप रकम तान्ने सम्भावना रहेकै छ ।

    यस्तोमा सरकारले अर्थतन्त्रका प्रमुख खेलाडी निजी क्षेत्रको विश्वास जितेर कर्जा प्रवाहित हुने उपाय खोज्नुपर्ने देखिएको छ । यसलाई ध्यान दिनुपर्ने छ । चुनाव आफै पनि अर्थतन्त्रलाई गतिशील बनाउने उपाय त हो तर आवश्यकता भनेको समग्र अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने आवश्यकता छ । लगानी बढाउन सकसमा रहेको सरकारले आफ्ना बाध्यतालाई हटाउने उपायको खोजी गर्नुपर्ने र त्यस अनुरुप कार्य गर्न सक्नुपर्ने अपेक्षा विज्ञ पर्यवेक्षकहरूको रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij