 
                                
                             
                                                            काठमाडौँ । भूमि व्यवस्था तथा अभिलेख विभागले घरजग्गा कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया सुरु गरेको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै रु तीन करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीहरूलाई अनुमति प्रदान गर्न आवेदन दिन आग्रह गरेको हो। इच्छुक कम्पनीहरूले एक महिनाभित्र आवेदन दिन सक्नेछन्।
सूचनाअनुसार, एकपटकमा रु पाँच करोडसम्मको कारोबार गर्ने कम्पनीले रु पाँच लाख र त्यसभन्दा बढी कारोबार गर्ने कम्पनीले रु १० लाख बराबरको शुल्क तिर्नुपर्नेछ।
सरकारले गत असोज २७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै घरजग्गा कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र लिन सक्ने व्यवस्था गरेको थियो। सो राजपत्रमा छवटा महानगर र ११ वटा उपमहानगरपालिकालाई कार्यक्षेत्रका रूपमा चयन गरिएको उल्लेख छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij