Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

मितेरी डेभलपमेन्ट बैंकको नाफामा उल्लेख्य वृद्धि, पहिलो त्रैमासमै २४२ प्रतिशतले बढ्यो मुनाफा

मितेरी डेभलपमेन्ट बैंकको नाफामा उल्लेख्य वृद्धि, पहिलो त्रैमासमै २४२ प्रतिशतले बढ्यो मुनाफा

  •  

    काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेड  ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार बैंकको खुद नाफा उल्लेखनीय रूपमा वृद्धि भएको छ।

    बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ७३ लाख ६१ हजार रुपैयाँ नाफाको तुलनामा २४२.६६ प्रतिशत बढी हो। खुद ब्याज आम्दानीको उल्लेख्य वृद्धिले बैंकको नाफामा सकारात्मक प्रभाव पारेको छ।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७७.२८ प्रतिशत, फि तथा कमिशन आम्दानी १९६।६३ प्रतिशत, सञ्चालक आम्दानी ८२।१० प्रतिशत, र सञ्चालन मुनाफा २४२.६२ प्रतिशतले वृद्धि भएको छ। सोही अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १७ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी  १८ रुपैयाँ ३१ पैसा रहेको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी  पनि उल्लेखनीय रूपमा बढ्दै ५ रुपैयाँ ६४ पैसा बाट ८ रुपैयाँ २९ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात  ६५.१४ गुणा र प्रतिशेयर नेटवर्थ  १४३ रुपैयाँ २८ पैसा रहेको छ।

    हाल बैंकको चुक्ता पूँजी १ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५२ करोड ६७ लाख रुपैयाँ सञ्चित छ। पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ७ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij