गोरखा । प्रहरीको खोजी सूचीमा रहेका निकोलस भुसाल गोरखामा पक्राउ परेका छन्। गोरखा नगरपालिका–८ स्थित रानीवन आश्रमबाट मंगलबार दिउँसो करिब २ बजे उनलाई पक्राउ गरिएको हो।
गोरहा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक भरत विकका अनुसार केही बुझ्नुपर्ने कारणले उनलाई नियन्त्रणमा लिइएको हो। विकले भुसाललाई मंगलबारकै दिन थप अनुसन्धानका लागि काठमाडौं पठाइने जानकारी दिएका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij