काठमाडौँ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा बोलाएको छ। कम्पनीले कात्तिक २४ गते गर्न लागेको वार्षिक साधारण सभाबाट यो प्रस्ताव पारित गराउन लागेको हो।
कम्पनीले साधारण सभामा वित्तीय विवरणमाथि छलफल तथा चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने ९ करोड ७८ लाख ५० हजार रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गर्दैछ। त्यस्तै, प्रबन्धपत्र नियमावलीमा संशोधन गर्दैछ। साधारणसभाबाट प्रस्ताव पारितपछि कम्पनीको आइपीओ निष्कासनको प्रक्रिया अगाडि बढ्नेछ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij