काठमाडौँ । स्वास्थ्य सेवा प्रदायक स्वास्थ्य संस्थाले स्वास्थ्य बीमामा आबद्ध भई प्राप्त गर्ने दाबी भुक्तानीको २ प्रतिशत रकम स्वास्थ्य बीमा कोषमा जम्मा गर्नुपर्ने भएको छ ।स्वास्थ्य बीमा बोर्डले सोमबार एक सूचना जारी गरी यसबारे निर्णय भएको सम्बन्धित सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई जानकारी गराएको हो । सो सूचनामा भनिएको छ ‘सेवा प्रदायक स्वास्थ्य संस्थाले प्राप्त गर्ने दाबी भुक्तानीबापत स्वीकृत रकमको २ प्रतिशत कट्टा गरी स्वास्थ्य बीमा कोषमा दाखिला गरिनेछ’
सेवा प्रदायक स्वास्थ्य संस्थाले प्राप्त गर्ने दाबी भुक्तानीको स्वीकृत रकमका २ प्रतिशत कोषमा जम्मा गर्ने निर्णय यसअघि चैत्र १८ गते बीमा बोर्डको बैठकले गरेको थियो । यो निर्णय अब कार्यान्वयनमा जाने भएको जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij