Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

लगानीको वातावरण बनाउनु पर्ने आवश्यकतामा  गभर्नरको जोड

लगानीको वातावरण बनाउनु पर्ने आवश्यकतामा  गभर्नरको जोड

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले लगानीको वातावरण बनाउनु पर्ने आवश्यकतामा जोड दिएका छन् । बैंक तथा वित्तीय संस्थाहरूमा  पैसा पर्याप्त भएपनि  लगानी हुन नसकेको बताउँदै गभर्नर पौडेलले लगानीको वातावरण बनाउन आग्रह गरेका हुन् ।

    नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्यसमितिसँगको भेटमा उनले यस्तो बताए ।उनका अनुसार  देशमा पर्याप्त पैसा छ । तर,लगानी हुन सकेको छैन । क्षेत्रगत रुपमा हेर्दा पनि यो क्षृत्रमा उत्साह छ भन्न सकिने अवस्था छैन । सबै क्षेत्र त्यस्तै शिथिल छ । कहिले पैसा नभएर समस्या कहिले पैसा धेरै भएर समस्या भएको छ ।लगानीकर्ताहरूको मनोबलमा गिरावट आएका कारण बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप लगानी हुन नसकेको हो । लगानीका लागि हरेक क्षेत्र खुला भएपनि लगानीकर्ताको मनोबल कमजोर बनेको छ ।

    विगतमा बैंक, बीमा, एयरलाइन्स, टेलिकम, विद्यालय, हस्पिटल, घरजग्गा लगायत क्षेत्रमा लगानी हुने गरेको थियो । तर पछिल्लो समय यी क्षेत्रमा लगानी बन्द छ । कित्ताकाट पनि बन्द गरेपछि रियलस्टेट सुस्त भयो । विद्यालयल, हस्पिटल लगायत सबै बन्द भयो । अब के मा लगानी गर्ने सवाल खडा भएको छ । 

    २०५८/६० सालसम्म १ खर्ब रुपैयाँको बजेट थियो । तर, अहिले बजेटको आकार १८/१९ खर्ब पुगेको छ । अवस्था परिवर्तन भएको छैन । साथै पछिल्ला विभिन्न घटनाहरूले गर्दा बैंक तथा वित्तीय संस्थाहरूको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण देखिने वासलात (ब्यालेन्ससिट) बिग्रिएको गभर्नर पौडेलले बताए । बैंकको ब्यालेन्ससिट तत्काल सप्रिहाल्ने अवस्था पनि नरहेको देखिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij