काठमाडौँ ।पञ्चकन्या स्टील प्रालि तथा पञ्चकन्या प्लास्टिक इन्डस्ट्री प्रालिले दर्ता गराएको उजुरीमा विद्युत् नियमन आयोगले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। ट्रंक तथा डेडिकेटेड लाइनमार्फत विद्युत् आपूर्ति लिएर उपभोक्तामार्फत बक्यौता विद्युत् महसुल तिर्नुपर्ने भन्ने नेपाल विद्युत् प्राधिकरणको निर्णय अन्यायपूर्ण रहेको भन्दै दुवै उद्योगले यसको खारेजीको माग गरेका थिए।
गत कात्तिक २० गते नेपाल विद्युत् प्राधिकरणलाई विपक्षी बनाएर आयोगमा उजुरी दर्ता गराएका उद्योगहरूले अन्तरिम आदेशको माग समेत गरेका थिए। तर आयोगले आइतबार सुनाएको फैसलामा अन्तरिम आदेश आवश्यक नदेखिएको उल्लेख गर्दै दुवै उजुरीमा आदेश दिन अस्वीकार गरेको हो।
यसबाहेक, आयोगले प्राधिकरणलाई १५ दिनभित्र सम्पूर्ण विवरणसहित उपस्थित हुन निर्देशन दिएको छ, जसपछि उक्त प्रकरणको थप छानबिन अघि बढ्ने अपेक्षा गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij