Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

राष्ट्रिय विद्युत् प्रणालीमा ४,०४६ मेगावाट बिजुली जोडिएको, प्रतिव्यक्ति खपत ४५० युनिटमा पुग्यो

राष्ट्रिय विद्युत् प्रणालीमा ४,०४६ मेगावाट बिजुली जोडिएको, प्रतिव्यक्ति खपत ४५० युनिटमा पुग्यो

  • काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिवेदनअनुसार हालसम्म राष्ट्रिय विद्युत् प्रणालीमा कुल ४ हजार ४६ मेगावाट विद्युत् जोडिन सफल भएको छ। साउनदेखि असोज मसान्तसम्मको अवधिमा परीक्षणरत आयोजना र वैकल्पिक ऊर्जाबाट मात्र करिब ४ सय मेगावाट थप विद्युत् उत्पादन भएको मन्त्रालयले जनाएको छ। प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट–घण्टासम्म पुगेको छ भने देशको करिब ९९ प्रतिशत जनसंख्याले विद्युत् सेवा पहुँच प्राप्त गरिसकेका छन्।

    विद्युत् चुहावट दर १२।७३ प्रतिशतमा सीमित रहेको मन्त्रालयले जनाएको छ। यस्तै, प्रसारण लाइन तथा सबस्टेशन निर्माणमा पनि उल्लेखनीय प्रगति भएको छ। तथ्यांकअनुसार हालसम्म ६६ केभीए माथिका ७,१९७ सर्किट किलोमिटर प्रसारण लाइन बिछ्याइएको छ भने १४ हजार १२३ एमभीए क्षमताका सबस्टेशनहरू निर्माण भइसकेका छन्। यी उपलब्धिहरूले राष्ट्रिय विद्युत् पूर्वाधार सुदृढ हुँदै गएको स्पष्ट संकेत दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij