काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर १ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
शेयर बजार : नेप्से परिसूचक ९.७८ अंकको वृद्धिसँगै २५५०.३६ बिन्दुमा, करिब ३.९४ अर्बको कारोबार
काठमाडौँ । आइतबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.७८ अंकले वृद्धि भई २५५०.३६ बिन्दुमा पुगेको छ, जुन ०.३८ प्रतिशतको उछाल हो। दिउँसो ३ बजे बजार बन्द हुँदा नेप्से सूचक दिनभर उतार–चढावभित्र रहेर अन्त्यतिर हरियो रंगमै बन्द भएको देखिन्छ।
नेप्सेले सार्वजनिक गरेको सूचकअनुसार आज कुल ३,९४६,०७४,३५८.८९ रुपैयाँ बराबरको कारोबार भयो। कुल ८८ लाख ९३ हजार ७७८ कित्ता शेयर किनबेच भएको देखिन्छ। कुल ३३५ वटा सूचीकृत कम्पनीका शेयरहरू कारोबारमा सहभागी भए।
शिवम् सिमेन्ट्सले १० प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको २.५ प्रतिशत बोनस सेयर तथा बोनस सेयरको कर प्रयोजनार्थ सहित १० प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
एनपीएल उद्घाटन खेलमा काठमाण्डू गोर्खाज विजयी, जनकपुर बोल्ट्स ५ विकेटले पराजित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो खेलमा काठमाण्डू गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाण्डूले १८ ओभरमै पाँच विकेट गुमाउँदै सहजै पूरा गर्यो।
काठमाण्डूका लागि ओपनर बेन चार्लेस्वर्थले विस्फोटक ४६ रन बनाउँदै जितको आधार निर्माण गरे। उनले २३ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे भने अर्का ओपनर आकाश त्रिपाठीले ३९ रन जोडी उत्कृष्ट साझेदारी बनाएका थिए। दुवैले पहिलो विकेटका लागि ७० रनको महत्त्वपूर्ण पार्टनरशिप गर्दै टिमलाई बलियो सुरुआत दिलाए। मिलिन्द कुमारले १९, जोन सिम्पसनले १३ तथा आदिल आलम र गेरहार्ड इरास्मस क्रमशः ८ र १ रनमा अविजित रहे।
राष्ट्रिय विद्युत् प्रणालीमा ४,०४६ मेगावाट बिजुली जोडिएको, प्रतिव्यक्ति खपत ४५० युनिटमा पुग्यो
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिवेदनअनुसार हालसम्म राष्ट्रिय विद्युत् प्रणालीमा कुल ४ हजार ४६ मेगावाट विद्युत् जोडिन सफल भएको छ। साउनदेखि असोज मसान्तसम्मको अवधिमा परीक्षणरत आयोजना र वैकल्पिक ऊर्जाबाट मात्र करिब ४ सय मेगावाट थप विद्युत् उत्पादन भएको मन्त्रालयले जनाएको छ। प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट–घण्टासम्म पुगेको छ भने देशको करिब ९९ प्रतिशत जनसंख्याले विद्युत् सेवा पहुँच प्राप्त गरिसकेका छन्।
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
ढाका ।बङ्गलादेशले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा फाँसी दिइएको केही घण्टापछि सोमबार भारतसँग सुपुर्दगी गर्न माग गरेको छ।
हसिनालाई नयाँदिल्लीले समर्थन गरेको बताउने गरिएको छ। सन् २०२४ अगस्टमा भएको जनविद्रोहको बलमा ७८ वर्षीया हसिनालाई पदच्युत गरिएपछि उहाँ भागेर भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको थियो । अहिले पनि उहाँ नयाँदिल्ली वा अन्य कुनै भारतीय शहरमा रहेको अनुमान गरिएको छ। भारतले पूर्व प्रधानमन्त्री हसिनालाई सहयोग गरेको र शरण दिएको बिषयले दुई छिमेकीबीचको सम्बन्ध बिग्रिएको छ।
कपिलवस्तुका प्रधानाध्यापक र विद्यालय अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार छात्रवृत्ति, दिवा खाजा र पाठ्यपुस्तक शीर्षकमा आएको कुल रकममध्ये चार लाख ४३ हजार ४३० रुपैयाँ ७० पैसा हिनामिना भएको पाइएको हो । उहाँका अनुसार आयोगले अनुसन्धानका क्रममा छात्रवृत्तिका लागि निकासा भएको रु ५१ हजार ६०० मध्ये कुनै पनि विद्यार्थीलाई वितरण नगरेको, दिवा खाजाका रु दुई लाख ४७ हजार ५० मध्ये केवल रु नौ हजार ९०० बराबरको खाजा मात्र खुवाएको र बाँकी रु दुई लाख ३७ हजार १५० दुरुपयोग भएको देखिएको छ ।
दूधकोशी जलविद्युत् आयोजनाको वित्तीय टुङ्गोका लागि मन्त्री घिसिङको एडिबीलाई आग्रह
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन एसियाली विकास बैंक (एडिबी)लाई आग्रह गर्नुभएको छ ।
एडिबी दक्षिण एसिया विभागका उपमहानिर्देशक सोना श्रेष्ठ, एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वालगायतको टोलीसँग आज भएको भेटमा उहाँले वित्तीय व्यवस्थापन धेरै लामो समयदेखि चर्चामा रहेकाले तत्काल टुङ्गो लगाइनुपर्ने बताउनुभयो ।
आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित दुई अर्ब २० करोड अमेरिकी डलर ९करिब रु दुई खर्ब २५ अर्ब० रहेको छ । यसमध्ये एक अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी स्वपुँजी जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको जनाइएको छ ।
प्रधानमन्त्री कार्कीद्वारा नेपाल प्रिमियर लिगको उद्घाटन
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । कीर्तिपुरस्थित र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भव्य कार्यक्रमबीच प्रधानमन्त्री कार्कीले उक्त प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा त्रिवि मैदानमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।
पञ्चकन्या स्टील र प्लास्टिक उद्योगको उजुरीमा अन्तरिम आदेश दिन आयोगको अस्वीकार
काठमाडौँ ।पञ्चकन्या स्टील प्रालि तथा पञ्चकन्या प्लास्टिक इन्डस्ट्री प्रालिले दर्ता गराएको उजुरीमा विद्युत् नियमन आयोगले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। ट्रंक तथा डेडिकेटेड लाइनमार्फत विद्युत् आपूर्ति लिएर उपभोक्तामार्फत बक्यौता विद्युत् महसुल तिर्नुपर्ने भन्ने नेपाल विद्युत् प्राधिकरणको निर्णय अन्यायपूर्ण रहेको भन्दै दुवै उद्योगले यसको खारेजीको माग गरेका थिए।
बाला चतुर्दशी व्यवस्थित गर्न १८ घण्टा कर्मचारीलाई सेवामा खटाइने
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको छ । यस वर्षको बाला चतुर्दशी मेला पर्वलाई विगत वर्षमा भन्दा व्यवस्थित बनाउन कुनै पनि कर्मचारीलाई बिदा नदिई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने कोषले जनाएको छ । बाला चतुर्दशी मेलालाई थप भन्दा व्यवस्थित बनाउन यहाँका कर्मचारीलाई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने निर्णय भएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिनुभयो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको बाला चतुर्दशी मेला पर्व तयारी बैठकले उक्त निर्णय गरेको हो । यही मङ्सिर २ गते मङ्गलबार बिहानदेखि मङ्सिर ३ गते बुधबार शतबीज छरेर मेला सम्पन्न नभएसम्म कर्मचारीलाई पशुपति क्षेत्रका विभिन्न स्थानमा मेला व्यवस्थित बनाउन खटाउन लागिएको उहाँले बताउनुभयो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहिद भएकाको नाममा कोषले पशुपति क्षेत्रमा बत्ती बाल्ने पनि बैठकले निर्णय गरेको सदस्यसचिव जोशीले उल्लेख गर्नुभयो । बत्ती बाल्न जेनजी सहिदको न्वारानको नाम र गोत्र उपलब्ध गराउन पनि कोषले सबैमा अनुरोध गरेको छ । उहाँका अनुसार जेनजी सहिद परिवार आफैँ रातभर बसेर बत्ती बाल्न चाहेमा रुद्रगारेश्वर क्षेत्रमा विशेष व्यवस्था गरिएको छ ।
बाला चतुर्दशी व्यवस्थित गर्न १८ घण्टा कर्मचारीलाई सेवामा खटाइने
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको छ । यस वर्षको बाला चतुर्दशी मेला पर्वलाई विगत वर्षमा भन्दा व्यवस्थित बनाउन कुनै पनि कर्मचारीलाई बिदा नदिई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने कोषले जनाएको छ । बाला चतुर्दशी मेलालाई थप भन्दा व्यवस्थित बनाउन यहाँका कर्मचारीलाई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने निर्णय भएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिनुभयो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको बाला चतुर्दशी मेला पर्व तयारी बैठकले उक्त निर्णय गरेको हो । यही मङ्सिर २ गते मङ्गलबार बिहानदेखि मङ्सिर ३ गते बुधबार शतबीज छरेर मेला सम्पन्न नभएसम्म कर्मचारीलाई पशुपति क्षेत्रका विभिन्न स्थानमा मेला व्यवस्थित बनाउन खटाउन लागिएको उहाँले बताउनुभयो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहिद भएकाको नाममा कोषले पशुपति क्षेत्रमा बत्ती बाल्ने पनि बैठकले निर्णय गरेको सदस्यसचिव जोशीले उल्लेख गर्नुभयो । बत्ती बाल्न जेनजी सहिदको न्वारानको नाम र गोत्र उपलब्ध गराउन पनि कोषले सबैमा अनुरोध गरेको छ । उहाँका अनुसार जेनजी सहिद परिवार आफैँ रातभर बसेर बत्ती बाल्न चाहेमा रुद्रगारेश्वर क्षेत्रमा विशेष व्यवस्था गरिएको छ ।
मोबिलिटी पार्टनर बनेर लुम्बिनी लायन्ससँग सहयात्रा गर्दै एमजी
काठमाडौं । नेपालमा एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा. लि. ले देशकै ठूलो क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्ससँग आधिकारिक मोबिलिटी पार्टनरको रूपमा साझेदारी गरेको छ। यस सहकार्यले टिमलाई सहज र भरपर्दो एमजी सवारी सुविधा प्रदान गर्नेछ।
पारामाउन्ट मोटर्सले लुम्बिनी लायन्सलाई एमजीका प्रिमियम सवारी साधन उपलब्ध गराउँदै खेलाडीहरूलाई उच्च मनोबल प्रदान गर्ने र आरामदायी एवम् सुरक्षित यात्राका साथ आफ्नो प्रदर्शनमा केन्द्रित हुन सहयोग गर्नेछ। यस साझेदारीले पारामाउन्ट मोटर्सको खेलकुदमा प्रोत्साहन तथा प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको पाइन्छ।
अर्थ मन्त्रालयका उपसचिवहरुको सरुवा , को-कहाँ पुगे ?(सूचीसहित)
काठमाडौं । अर्थ मन्त्रालयले उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले अर्थ मन्त्रालय वा मन्त्रालय अन्र्तगतका निकायहरुमा उपसचिवहरुको सरुवा गरेको हो ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७९ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij