काठमाडौँ।जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले सोमबार मध्यरात भक्तपुरस्थित निवासबाट दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार निवासमा प्रवेश गरी कानुनी प्रक्रिया पूरा गर्दै उनलाई नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको हो।
प्रसाईंलाई हिंसा भड्किन सक्ने खालका अराजक अभिव्यक्ति र गतिविधि गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij