काठमाडौँ ।बञ्चरेडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीयले बुधबारदेखि फोहोर विसर्जन पूर्ण रूपमा रोक्ने घोषणा गरेका छन्।
मंगलबार बञ्चरेडाँडा र सिसडोलका स्थानीयले आयोजित पत्रकार सम्मेलनमा सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएर पनि कार्यान्वयन नगरेको आरोप लगाउँदै पुनः अवरोध गर्ने निर्णय गरेको हुन्।
यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले १५ दिनभित्र माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि स्थानीयले अस्थायी रूपमा अवरोध हटाएका थिए। तर, माग पूरा गर्ने काम अघि नबढेको भन्दै उनीहरूले फेरि फोहोर फाल्न नदिने चेतावनी दिएका छन्।
स्थानीयले यसअघि पनि १२ कात्तिकमा फोहोर विसर्जन रोकेका थिए।
सरकार र स्थानीयबीचको सहमति कार्यान्वयन नहुँदा बञ्चरेडाँडा आन्दोलन फेरि चर्किने संकेत देखिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij