काठमाडौं: एनआईसी एशिया बैंकले प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृत/कम्पनी सचिव कमल खड्कालाई नियुक्त गरेको छ ।
प्रमुख सूचना अधिकारी रावललाई मोबाइल नम्बर ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा सम्पर्क गरी बैंकको आधिकारिक जानकारी तथा सूचनाको प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
साथै, बैंकको बैंकिङ सेवा सम्बन्धि कुनै पनि गुनासो भएमा प्रमुख गुनासो अधिकारी खड्काको मोबाइल नम्बर ९८०१९७७९३६ वा कार्यालयको फोन नम्बर ०१–५९७०१०१ मा सम्पर्क गर्न वा
[email protected] इमेल गरी गुनासोको सम्बोधन गर्ने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ ।