काठमाडौँ । राजधानीमा जारी नेपाल प्रिमियर लिग ९एनपीएल० मा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै विजयी सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले प्रतियोगितामा पहिलो जित हात पारेको हो।
१४३ रनको लक्ष्य पछ्याउँदै उत्रिएको लुम्बिनीले १८।३ ओभरमा ४ विकेट गुमाई लक्ष्य पूरा गर्यो। टीमका लागि गुलबुद्धिन नैबले अविजित ४४ रनसहित निर्णायक पारी खेले, जबकि कप्तान रोहितकुमार पौडेलले ३९ रनको योगदान दिए। चितवन तर्फ रिजन ढकालले २ तथा सोहेल तनविरले १ विकेट लिएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४२ रनको योगफल बनाएको थियो। चितवनका लागि रवि बोपाराको ६६ रनको सशक्त पारी सबैभन्दा उल्लेखनीय रह्यो। कप्तान कुशल मल्लले २१, देव खनालले १४, दीपक बोहराले १०, सैफ जैबले १५ तथा अर्जुन साउदले अविजित १५ रन जोडे।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij