काठमाडौँ । द्वन्द्व पीडित समुदायले पदाधिकारीहरूको राजीनामा मागसहित धर्ना दिएका छन् । उनीहरूले सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालयमा शुक्रबार धर्ना दिएका हुन् ।
समुदायले विस्तृत शान्ति सम्झौता भएको २० औँ वर्षगाँठको सन्दर्भमा द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाका पीडित समुदायले धर्ना दिएका हुन् । उनीहरुले विधि र प्रक्रिया मिचेर तेस्रो पटक पनि दलीय भागबण्डा र नेताको खल्तीबाट गठित र राजनीतिक नेतृत्वबाट नियन्त्रित सत्य निरुपण तथा मेलमिला आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग तत्काल खारेज गर्न माग गरेका छन् ।
आम द्वन्द्व पीडित समुदायले आफ्नो पीडा, आँशु र अन्यायको सम्बोधन गर्ने कुनै विश्वास र भरोसा नभएका आयोगको निरन्तरता पीडितको आशाप्रतिको कुठाराघात र समयको बर्बादी भएको जिकिर गरेका छन् । पीडित समुदायले बहिष्कार गरेका आयोग पदाधिकारीलाई पदलोलुपता छोडेर तत्काल राजीनामा गर्न माग गर्दै आयोगका पदाधिकारी छनौटका लागि विश्वसनीय र पारदर्शी प्रक्रिया आरम्भ गर्न मार्ग प्रशस्त गर्न माग पनि आग्रह गरेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij