काठमाडौँ । छिमेकी मुलक चीनको धुकचुकले व्यापारिक , औद्योगिक तथा कृषिजन्य मालवस्तु ‘स्मूदली’ आएको छैन् । नेपालको दोस्रो ठुला व्यापारिक साझेदार चीनसँग जोड्ने प्रमुख नाकाहरू मध्ये तातोपानी नाका मात्रै अहिले सञ्चालनमा छ ।
मुस्ताङस्थित कोरला नाका अत्यधिक चिसोका कारण स्मूदली सञ्चालन हुन सकेको छैन् । गत असार २४ गते भोटेकोशीमा आएको बाढीले रसुवागढी नाका बन्द भएपछि चीनसँगको आयात निर्यात व्यापारको प्रमुख विकल्पको रूपमा अहिले तातोपानी नाका मात्र हो ।
चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाकाबाट भइरहेको आयातमा चीन सरकारले स्मूदली मालवस्तु नछोड्दा चीनसँग व्यापार गरिरहेका व्यापारीहरू मर्कामा परेका छन् भने सरकारी राजस्व समेत प्रभावित भएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुँडालका अनुसार तिहारलगत्तै केही दिन चाइनाबाट स्मूदली सामान आएको तर पछिल्लो समय न्यून मात्रामा मात्र मालवस्तु लोडेड कन्टेनरहरू आउने गरेको छ । यस विषयमा महावािणज्य दूत , भन्सार विभाग, प्रमुख जिल्ला अधिकारी तथा चाइनाको समकक्षीहरूसँग कुरा भएको तर परिणाम भने नआएको भन्सार अधिकृत चुँडालले बताए ।
भदौ २३ र २४ गतेको नेपालमा भएको जेन्जी आन्दोलन पछि चाइनाले स्मूदली सामान नपठाएको चीनसँग लामोसमय देखि आयात व्यापार गरिरहेका एक व्यापारीले नयाँ सडकलाई बताए । जेन्जी आन्दोलनको क्रममा टीओबीलगायतको मुभमेन्ट देखिएकोले चाइनाले स्मूदली सामान नछोडेको हुन सक्ने अर्का एक व्यापारीले बताए ।
व्यापारी नवराज तिमिल्सिनाका अनुसार चाइनाबाट नेपालीहरूको प्रमुख चाडवाडलाई लक्षित गरेर हालिएका मालवस्तुहरू अहिलेसम्म पनि आएका छैनन् । व्यापारीहरूले चाडवाड र जाडो महिनालाई लक्षित गरेर मगाएका मालवस्तुहरू समयमै आइनपुग्दा व्यापारीहरू ठुलो मर्कामा परेको बताएका छन् ।
नेपालमा भएको जेन्जी आन्दोलन पछि न्यून संख्यामा मात्र उत्तरी नाका हुँदै सामान भित्रिएको अर्का एक व्यापारीले बताए । जेन्जी आन्दोलनपछि स्याउ, अंगुर, लसुन, एभोकार्डो , किवी जस्ता मालवस्तु लोडेड कन्टेनरहरू स्मूदली छोडिएपनि अन्य ट्रेडिङ आइटमहरू स्मूदली छोडिएका छैनन् । अहिले पनि उत्तरी नाका तातोपानीबाट एभरेजमा १५वटा मात्र मालवस्तु लोडेड गाडी छुट्दै आएका छन् ।
उत्तरी नाकाबाट स्मूदली सामान नआउँदा मर्कामा परेका व्यापारीहरू मर्कामा छँदै छन् उपभोक्ता समेत सिजनल सामानको महँगो मूल्य तिर्न बाध्य भएका छन् । तातोपानी नाकाबाट पर्याप्त मालवस्तु बोकेका गाडी छोड्न रसुवा नाकाको मितेरी पुल र भन्सार यार्ड छिटो निर्माण गर्न नेपाल हिमालय सीमापार व्यापार संघलगायतका संघसंस्थाहरूले चिनियाँ राजदूतावासको इकोनोमिक एन्ड कमर्सियल काउन्सिललाई अनुरोध गरे । तर त्यसको परिणाम आउन सकेको छैन् ।
तातोपानी नाकाबाट हप्तामा दुई दिन मात्रै ईभी गाडी छाडिने
उत्तर नाका तातोपानीबाट आयात हुने विद्युतीय सवारी ईभी गाडी आयात अब हप्तामा दुई दिन मात्रै हुने भएको छ । चिनियाँ पक्षले आवागमनमा समस्या भएको भन्दै हप्तामा दुई दिन मात्र ईभी गाडी छाडिने बताएको छ । मालवाहक सवारी साधन नेपाल प्रवेश गर्न समस्या भएको भन्दै चिनियाँ पक्षले दुई दिन मात्र ईभी छोड्ने बताएको तातोपानी भन्सार स्रोतले बताएको छ ।
घट्दो राजस्व
उत्तरी नाका तातोपानीबाट स्मूदली मालवस्तु आयात नभएपछि लक्षित राजस्व उठ्ने क्रम पनि घट्दो छ । तातोपानीबाट २४ अर्ब ४७ करोड भन्सार उठाउने लक्ष्य राखेको राज्यले लक्षित राजस्व उठाउन नसक्ने निश्चित छ ।
यस्तो छ तातोपानी नाकाबाट राजस्व उठतीको अवस्था

© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij