काठमाडौँ । सरकारले राष्ट्रिय सभामा रहेका विधेयकहरू अघि बढाउने तयारी गरेको छ। सरकारले नै विधेयकमाथि छलफल अघि बढाउन आग्रह गरेपछि विधायन व्यवस्थापन समितिले ती विधेयकमाथि औपचारिक छलफल सुरु गरेको छ।
विधायन समितिकी सभापति तुलसा कुमारी दाहालका अनुसार प्रतिनिधिसभा विघटनका कारण ३० वटा विधेयक निष्क्रिय बनेका थिए। तर राष्ट्रिय सभामा दर्ता भई यथावत् रहेका पाँच विधेयक जारी छन् भने एक थप नयाँ विधेयक सरकारले प्रस्तुत गरेको छ।
यससँगै राष्ट्रिय सभामा रहेका विधेयकहरूको संख्या ६ पुगेको छ। तीमध्ये ३ वटा विधेयक राष्ट्रिय सभामै रहेका छन् भने ३ वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij