काठमाडौँ ।नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकका २५ संस्थापक र १० सर्वसाधारण गरी ३५ शेयरधनीको शेयर १ प्रतिशतमा झार्ने निर्णय गरेको छ। राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूह कर्णाली डेभलपमेन्ट बैंक, नेपालगञ्जले जारी गरेको सूचनामा सो जानकारी उल्लेख गरिएको हो।सूचना अनुसार, राष्ट्र बैंकको मिति २०८१/०९/१० को निर्णयअनुसार कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरिँदा गरिएको Due Diligence Audit (सम्पत्ति–दायित्व मूल्यांकन) ले निम्न तथ्य देखाएको छः
यिनै कारणले बैंकको पुनर्संरचना प्रक्रियाअन्तर्गत सम्बन्धित ३५ शेयरधनीको शेयर नेपाल राष्ट्र बैंक ऐन, २०५८ का सम्बन्धित दफाअनुसार १ प्रतिशतमा झारिने निर्णय गरिएको हो।
२५ संस्थापक शेयरधनीको शेयर कटौती
हाल संस्थापक शेयरधनीका बैंकमा २१,६०,६४०.64 कित्ता शेयर कायम छन्। यी सबैलाई १ प्रतिशतमा झारिँदा कुल शेयर २१,३६०.61 कित्ता मात्र रहनेछन्।
(फोटोमा प्रत्येक संस्थापकको घट्ने शेयर विवरण हेर्न सकिन्छ।
१० सर्वसाधारण शेयरधनीको शेयर कटौती
सर्वसाधारण तर्फ हाल १२,६८४.98 कित्ता शेयर छन्। १ प्रतिशतमा झारिँदा ती घटेर १२६.85 कित्ता मात्र रहनेछन्।
(फोटोमा सर्वसाधारण शेयरधनीहरूको घट्ने विवरण हेर्न सकिन्छ।
नेप्सेमा सूचीकृत शेयरमा प्रभाव
कर्णाली डेभलपमेन्ट बैंक नेप्सेमा सूचीकृत विकास बैंक हो।
नेप्से विवरणः
शेयर १ प्रतिशतमा झारिँदा बैंकको कुल सूचीकृत शेयरमध्ये करिब ४२% शेयर कटौती हुनेछ।
यसमा सबैभन्दा धेरै संस्थापकतर्फका ८२.४६% शेयर घट्नेछ। पुनर्संरचना पछि कुल २९,००१,४१ कित्ता शेयर मात्र रहने अनुमान छ।
शेयर जफत हुनुको कारण
व्यवस्थापन समूहका अनुसार २५ संस्थापक र १० सर्वसाधारणले
यिनै अनियमितताका कारण उनीहरूको शेयर जफत गरी १ प्रतिशतमा झारिएको हो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij