काठमाडौं— राजधानीभित्रका उत्कृष्ट र अत्याधुनिक सुविधा सम्पन्न रेस्टुरेन्टमध्ये पर्छ Vinoliva Restaurant & Bar, जसले आगामी नोभेम्बर २४, सोमबार आफ्नो तेस्रो वार्षिकोत्सव उत्साहपूर्ण रूपमा मनाउने भब्य तयारी गरेको छ।फाइभ–स्टार रेटिङ प्राप्त यो रेस्टुरेन्ट स्वाद, सेवा र वातावरणका कारण पछिल्ला वर्षहरूमा राजधानीका ग्राहकको प्रमुख गन्तव्य बनेको छ।
एनआरएनएका शीर्ष नेतृत्वको लगानीमा संचालित उक्त रेस्टुरेन्टले छोटो समयमानै सबैको मन जित्न सफल भएको छ ।यस रेस्टुरेन्टको नेतृत्वमा एनआरएनएका उपाध्यक्ष खगेन्द्र न्यौपाने (मलेसिया निवासि) अध्यक्षको भूमिकामा छन्।
त्यस्तै, एनआरएनएका उपाध्यक्ष लोक दाहाल (बेल्जियम निवासी), उपाध्यक्ष राज रेग्मी (कतार निवासी) तथा जापान निवासी ईश्वर सापकोटा रेस्टुरेन्टका सञ्चालक रहेका छन ।
एनआरएनएको अनुभवी टोलीको लगानी तथा व्यवस्थापनमा सञ्चालन भएकाले भिनोलिभाले आफ्नो गुणस्तर, सफाइ र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रणालीका कारण छुट्टै पहिचान बनाउन सफल भएको छ।
वार्षिकोत्सवको अवसरमा रेस्टुरेन्टले विशेष अफर र आकर्षक कार्यक्रमहरु ल्याएको छ ।
रेस्टुरेन्टले बार्शिकोत्सवको अवसरमा फुड तथा बेभरेजमा १५% छुट प्रदान गर्नेछ । साथै, चर्चित Tower Beer Barasinghe (Pale Ale तथा Hazy IPA) मात्र २५०० रुपैयाँमा उपलब्ध गरिनेछ।
ग्राहकलाई अझ रमाइलो बनाउने उद्देश्यसहित सो दिन बिहान ९ बजेदेखि राति १० बजेसम्म लाइभ म्युजिक कार्यक्रम पनि आयोजना हुँदैछ।हलदेखि रूफटप र प्राइभेट रुमसम्म — सबै सुविधा एउटै स्थानमा रहेको भिनोलिभाको अर्को आकर्षण यसको विविध संरचना र बहुपयोगी स्पेस हो।रेस्टुरेन्टको लाईभ किचेन,विस्तृत मुख्य हल,क्लासी र आरामदायी रूफटपलगाएत धेरै विशेसता रहेका छ्न ।
पूरै गोपनीयता चाहनेका लागि रेस्टुरेन्टमा प्राइभेट रुमलगाएतको बिशिस्ट सुबिधाहरु रहेका छन ।रेस्टुरेन्टमा पारिवारिक, कर्पोरेट र पार्टी कार्यक्रमका लागि छुट्टै व्यवस्थाहरू रहेकालेयसलाई राजधानीकै उत्कृष्ट रेस्टुरेन्टमध्ये एक मानिन्छ ।उच्चस्तरीय कुकद्वारा लाईभ किचनमा तयार हुने स्वादिष्ट परिकार रेस्टुरेन्टको अर्को विशेसता हो ।यहाँ उपलब्ध विभिन्न मुलुकका मल्टिकुजिन परिकार, विशेषगरी नेपाली,भारतीय,चाइनिज,कन्टिनेन्टलपरिकार अत्यन्त लोकप्रिय छन्।
गुणस्तरीय सामग्री, अनुभवी सेफहरू, सफा र आकर्षक वातावरणका कारण यहाँका परिकारले ग्राहकको मन जित्दै आएका छन्।रेस्टुरेन्टको सेवा, वातावरण र अनुभूति सबैकुरा प्रिमियम रहेका छन ।आधुनिक सजावट, आरामदायी बैठक व्यवस्था, फाइभ–स्टार मापदण्डअनुसारको सेवा र संगीतयुक्त वातावरणका कारण भिनोलिभा हाल राजधानीमा उच्चस्तरीय फाइन–डाइनिङको उत्कृष्ट गन्तव्य मानिन्छ । रेस्टुरेन्टमा पुल र बच्चाहरुको लागि खेल्ने साधनहरुको पनि ब्यबस्था रहेको छ । रेस्टुरेन्टमा विभिन्न चर्चित कलाकारबाट लाईभ म्युजिकको पनि ब्यबस्था गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij