काठमाडौँ । रामेछापका सरोज पौडेल अस्ट्रेलियाको एचएम अवार्ड फर फ्रन्ट अफिस असोसिएट २०२५बाट सम्मानित भएका छन् ।
विगत लामो समयदेखि अस्ट्रेलियाका फाइभ स्टार होटलहरूमा कार्यरत पौडेल अस्ट्रेलियाका सयौँ प्रतिस्पर्धी होटलहरू मध्येबाट छनोट भइ उक्त अवार्डबाट सम्मानित भएका हुन् ।
अवार्डबाट सम्मानित भएका पौडेलले यसबाट आफू अझ उत्साहित भएको बताएका छन् । यो अवार्ड नेपालीले पाएको पहिलो पटक हो ।अस्ट्रेलियामा यसै हप्ता आयोजित एक समारोहबीच पौडेललाई अवार्डेड गरिएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij