काठमाडौँ । सुनको मूल्यमा वृद्धि भई आइतबार तोलाको २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ बढेको हो ।
जसअनुसार आइतबार छापावाल सुन तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै शुक्रबार तोलामा ३ हजार १०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij