Logo

Nov 25 2025 | २०८२, मंसिर ९गते

Nov 25 2025 | २०८२, मंसिर ९गते

images

निर्धन उत्थान वित्तीय संस्थाले ७प्रतिशत ब्याजदर कायम गरी ऋणपत्र निष्कासन गर्दै

निर्धन उत्थान वित्तीय संस्थाले ७प्रतिशत ब्याजदर कायम गरी ऋणपत्र निष्कासन गर्दै

  • काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्कासन गर्न लागेको छ । संस्थाले ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी  जारी गर्न लागेको हो । सुरक्षण नराखिएको १ अर्बको सहायक आवधिक ऋणपत्रका लागि संस्थाले नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने  भएको छ । संस्थाले  नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि ऋणपत्र जारी गर्ने जनाएको छ । 

    संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ  । २ अर्ब ६१ करोड २० लाख रुपैयाँ चुक्तापूँजी रहेको यो  कम्पनीले  चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १२ करोड ६१ लाख रुपैयाँभन्दा बढी खुद नाफामा कमाएको छ ।

    गत वर्ष सोही अवधिसम्म १ करोड ९५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको यो कम्पनीले यो वर्ष भने खुद नाफामा गएको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij