काठमाडौँ । शुक्रबारको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेखनीय रूपमा उक्लिएको छ। नेप्से ३९.९२ अंकले बढ्दै २,६००.२२ बिन्दुमा पुगेको छ, जुन १.५५ प्रतिशत वृद्धि हो। बजार ३ बजे बन्द हुँदा समग्र सूचक हरित क्षेत्रमा रहेर सकारात्मक व्यापारिक माहोल देखिएको थियो।
६ अर्ब २८ करोडभन्दा बढीको कारोबार
बजारमा कुल रु ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार ९१८.८८ बराबरको कारोबार भएको छ।यस अवधिमा १३,३८१,९२६ कित्ता शेयर किनबेच भए।कुल ७६,०२८ कारोबार हुँदै ३३४ सिक्रिप्स सक्रिय रहे।
२३७ कम्पनी उकालो, १८ मात्र ओरालो
बजारका अधिकांश कम्पनीमा हरित कारोबार भएको छ।
उकालो लागेका कम्पनी: २३७
ओरालो लागेका कम्पनी: १८
अपरिवर्तित: २
यसले बजारमा समग्र रूपमा सकारात्मक सentiment रहेको संकेत गर्छ।
टप गेनर्स : १०% बढेसम्मको उछाल
आज सर्वाधिक बढ्ने सूचिमा रहेका पाँच कम्पनी:
SAGAR – +82.80 (10.00%)
BANDIPUR – +61.00 (9.99%)
JHAPA – +45.50 (9.99%)
SWASTIK – +42.90 (8.19%)
CHL – +16.40 (6.29%)
यी सबैले उच्च प्रतिशत वृद्धि देखाउँदै बजारको बुलिश प्रकृति झल्काएका छन्।
टप टर्नओभर : NRN अग्रस्थानमा
१) NRN – रु ६५ करोड ६० लाखभन्दा बढी
२) PHCL – रु ३४ करोड ७८ लाख
३) RADHI – रु २१ करोड ९२ लाख
४) NRIC – रु १७ करोड १२ लाख
५) SHIVM – रु १५ करोड ४८ लाख
उच्च कारोबार भएका कम्पनीहरूले बजारमा लगानीकर्ताको आकर्षण कहाँ केन्द्रित छ भन्ने देखाउँछन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij