Logo

Nov 24 2025 | २०८२, मंसिर ८गते

Nov 24 2025 | २०८२, मंसिर ८गते

images

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले २१ लाख ६ हजार कित्ता आईपीओ जारी गर्ने

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले २१ लाख ६ हजार कित्ता आईपीओ जारी गर्ने

  •  

    काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया सुरु गरेको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको जनाएको छ।

    कम्पनीले प्रति सेयर अंकित मूल्य रु १०० कायम गर्दै २१ लाख ६ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको हो। यसमार्फत कम्पनीले रु २१ करोड ६ लाख बराबरको पुँजी सर्वसाधारणबाट जुटाउनेछ।

    आईपीओ बिक्री प्रबन्धसम्बन्धी सम्झौतामा नेशनल फण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

    पहिले नै पब्लिक लिमिटेड कम्पनीका रूपमा दर्ता भइसकेको नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट विशेषीकृत लगानी कोष नियमावली, २०७५ अनुसार प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड र हेज फण्ड व्यवस्थापनको इजाजत पाइसकेको छ। साथै, बुक बिल्डिङ विधिबाट जारी हुने धितोपत्रका लागि योग्य संस्थागत लगानीकर्ता बन्न पनि कम्पनीले स्वीकृति प्राप्त गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij