Logo

Nov 24 2025 | २०८२, मंसिर ८गते

Nov 24 2025 | २०८२, मंसिर ८गते

images

सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईँ मुक्त, ‘अघिल्लो सरकारले आवाज थुन्यो, अहिलेको सरकारले कम्तीमा सुनेको छ’

सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईँ मुक्त, ‘अघिल्लो सरकारले आवाज थुन्यो, अहिलेको सरकारले कम्तीमा सुनेको छ’

  • काठमाडौँ । सर्वोच्च अदालतको आदेशमा आइतबार हिरासतमुक्त भएका अभियानकारी दुर्गा प्रसाईँले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो आवाज दबाउने प्रयास गरे पनि वर्तमान सरकारले कम्तीमा सुन्ने काम गरेको टिप्पणी गरेका छन्।

    अदालत परिसरबाट बाहिरिँदै प्रसाईँले आफूलाई गैरकानुनी थुनाबाट मुक्त गरेकोमा सर्वोच्च अदालतप्रति धन्यवाद व्यक्त गरे। उनले भने,
    “पहिलाको सरकारले हाम्रा आवाजहरू बन्द गर्ने काम गरेको थियो। कमसेकम यो सरकारले त्यो आवाज सुन्यो र तपाईँका माग जायज छन् भन्यो।”

    प्रसाईँले प्रधानमन्त्री र गृहमन्त्रीको विशेष आग्रहपछि आइतबार तय भएको बन्दसहितका आन्दोलन कार्यक्रमहरू तत्कालका लागि स्थगित नभई रूपान्तरण (मोडालिटी परिवर्तन) गरिएको बताए।
    उनका अनुसार प्रधानमन्त्री र गृहमन्त्रीले मागहरू सर्वहारा वर्ग र जनजीविकासँग सम्बन्धित रहेको भन्दै वार्ताका लागि बस्न आग्रह गरेपछि आफूले पनि सकारात्मकता देखाएको बताए।

    सरकार र प्रसाईँ समूहबीच हिजोको वार्तामा २७ बुँदे मागबारे छलफल गर्न विज्ञसहितको टोली गठन गर्ने प्रारम्भिक सहमति भएको छ।
    यसै सहमतिले गर्दा प्रसाईँको नेतृत्वमा आजदेखि लागू हुने भनिएको बन्द कार्यक्रम रोकिएको हो।

    प्रसाईँले आफू हिंसाको पक्षमा नरहेको र देशमा थप अशान्ति नहोस् भन्ने चाहना व्यक्त गरे। आन्दोलनको घोषणा भएपछि उनी पाँच दिनअघि आफ्नो निवासबाटै पक्राउ परेका थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij