Logo

Nov 24 2025 | २०८२, मंसिर ८गते

Nov 24 2025 | २०८२, मंसिर ८गते

images

एफवान सफ्ट ग्रुपद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ७५ लाख रुपैयाँ योगदान

एफवान सफ्ट ग्रुपद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ७५ लाख रुपैयाँ योगदान

  • काठमाडौँ । एफवान सफ्ट ग्रुपले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ७५ लाख रुपैयाँ (७.५ मिलियन) योगदान गरेको छ।

    सरकारले देशभरका भौतिक संरचनाहरूको पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थापना गरेको सो कोषमा निजी क्षेत्रको सक्रिय सहभागिता बढ्दै गइरहेका बेला एफवान सफ्ट ग्रुपको यो सहयोगलाई महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

    कम्पनीका प्रतिनिधिहरूले उक्त रकम बराबरको चेक अर्थमन्त्रालयमा बुझाएका छन्। यस योगदानप्रति सरकारका तर्फबाट अर्थमन्त्रालयले धन्यवाद व्यक्त गर्दै पुनर्निर्माण अभियानमा निजी क्षेत्रको सहकार्य अत्यन्तै महत्वपूर्ण हुने जनाएको छ।

    एफवान सफ्ट ग्रुपले यस्ता सामाजिक उत्तरदायित्वका गतिविधिहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij