काठमाडौँ । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकबाट उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरिएको हो ।
वरिष्ठताका आधारमा रक्षा सचिव भएर काम गरिरहेका अर्याल मुख्य सचिव बनेका हुन् । वरिष्ठताको सूचीमा उनी पहिलो नम्बरमा थिए ।
५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल मंसिर ९ मंसिर गते अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नियुक्त गरेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij