Logo

Nov 27 2025 | २०८२, मंसिर ११गते

Nov 27 2025 | २०८२, मंसिर ११गते

images

प्रतिनिधिसभा विघटनविरुद्ध एमालेको रिट सर्वोच्चमा दर्ता, मंसिर १७ मा पेसी

प्रतिनिधिसभा विघटनविरुद्ध एमालेको रिट सर्वोच्चमा दर्ता, मंसिर १७ मा पेसी

  • काठमाडौँ ।नेकपा एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार एमाले संसदीय दलका तर्फबाट पेस गरिएको रिट बुधबार दर्ता भएको हो। उक्त रिटको पेसी मंसिर १७ का लागि तोकिएको छ।

    विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंगलबार संसद् पुनःस्थापनाको माग गर्दै निवेदन पेस गरेका थिए। रिटमा प्रधानमन्त्री सुशील कार्कीको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै, २७ भदौमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गरिएको प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्न माग गरिएको छ।

    एमालेले २४ भदौपछिको अवधिलाई शून्य अवधि मान्दै प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने माग गरेको छ। साथै, संविधानको धारा ७६ अनुसार सरकार गठनको नयाँ प्रक्रिया सुरू गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गर्न माग गरिएको छ।

    यससँगै, प्रतिनिधिसभा पुनःस्थापना भएपछि बैठक बोलाउने आवश्यक व्यवस्था मिलाउन सभामुखलाई आदेश दिन पनि रिटमा माग समावेश गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij