Logo

Nov 27 2025 | २०८२, मंसिर ११गते

Nov 27 2025 | २०८२, मंसिर ११गते

images
ग्राहकको पहिलो रोजाइको रेस्टुरेन्ट  भिनोलिभा

एनआरएनए नेतृत्वको लगानीमा संचालित भिनोलिभा रेस्टुरेन्टको तेस्रो वार्षिकोत्सव सम्पन्न

एनआरएनए नेतृत्वको लगानीमा संचालित भिनोलिभा रेस्टुरेन्टको तेस्रो वार्षिकोत्सव सम्पन्न

  • काठमाडौ(भिनोलिभा रेस्टुरेन्टको तेस्रो वार्षिकोत्सव  राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ। राजधानीको फाइन–डाइनिङ क्षेत्रमा छुट्टै पहिचान बनाएको ख्ष्लयष्खिब च्भकतबगचबलत ७ द्यबच अत्याधुनिक संरचना, उत्कृष्ट सेवा, स्वाद र अन्तर्राष्ट्रिय स्तरको वातावरणका कारण पछिल्ला वर्षहरूमा ग्राहकको पहिलो रोजाइ बन्दै आएको छ।

    एनआरएनएका शीर्ष नेतृत्वको लगानी तथा व्यवस्थापनमा सञ्चालित यो रेस्टुरेन्ट छोटो अवधिमै उच्च मापदण्ड स्थापित गर्न सफल मानिन्छ। रेस्टुरेन्टको अध्यक्षमा एनआरएनएका उपाध्यक्ष खगेन्द्र न्यौपाने ९मलेसिया निवासी० रहेका छन् भने सञ्चालक टीममा एनआरएनएका उपाध्यक्ष लोक दाहाल ९बेल्जियम निवासी०, उपाध्यक्ष राज रेग्मी ९कतार निवासी० र जापान निवासी ईश्वर सापकोटा रहेका छन्। अन्तर्राष्ट्रिय अनुभवले समृद्ध उक्त टोलीको लगानीका कारण भिनोलिभाले सेवा, सफाइ, व्यवस्थापन र ग्राहक–अनुभूतिको स्तरमा राजधानीका अन्य रेस्टुरेन्टहरूभन्दा फरक पहिचान कायम गर्न सफल भएको छ।

    तेस्रो वार्षिकोत्सवको अवसरमा ग्राहकहरूलाई लक्षित गर्दै रेस्टुरेन्टले फुड तथा बेभरेजमा १५ प्रतिशत छुटसहित विशेष अफर सार्वजनिक गर्यो। साथै लोकप्रिय त्यधभच द्यभभच द्यबचबकष्लनजभ ९एबभि ब्भि तथा ज्बशथ क्ष्एब्० मात्र २५०० रुपैयाँमा उपलब्ध गराइयो। रेस्टुरेन्ट बिहान ९ बजेदेखि राति १० बजेसम्म संचालन हुन्छ भने  लाइभ–म्युजिक कार्यक्रमले माहोल झनै रमाइलो बनाउछ ।

    भिनोलिभाको विशेषता यसको संरचना र सेवामा देखिन्छ। मुख्य हलदेखि आकर्षक रूफटप, पूर्ण गोपनीयतासहितका प्राइभेट रुम, फुर्सदिला गतिविधिमासहितको बाहिरी संरचना र बालबालिकाका लागि छुट्टै खेल्ने क्षेत्र एकै छानामुनि उपलब्ध छन्। यस कारण पारिवारिक समारोह, कर्पोरेट मिटिङ, अफिसियल भोज, जन्मदिन वा पार्टी कार्यक्रमहरूको लागि भिनोलिभालाई राजधानीको उत्कृष्ट गन्तव्य मानिन्छ।

    अनुभवी सेफद्वारा लाईभ–किचेनमै तयार गरिने नेपाली, भारतीय, चाइनिज, कन्टिनेन्टललगायतका मल्टिकुजिन परिकार यहाँका मुख्य आकर्षण हुन्। गुणवत्तायुक्त सामग्री, सफा वातावरण, सौन्दर्यपूर्ण आन्तरिक सजावट र प्रिमियम स्तरीय सेवाबाट भिनोलिभाले फाइभ–स्टार अनुभव प्रदान गर्दै आएको छ।

    वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा एनआरएनएका उपाध्यक्ष तथा सञ्चालक लोक दाहाल, सञ्चालक ईश्वर सापकोटा, वरिष्ठ उद्यमी रवि केसी, उद्योगी–व्यवसायी, पत्रकार तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमको अन्त्यमा केक काटेर भिनोलिभाको तेस्रो वर्षगाँठ औपचारिक रूपमा मनाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij