काठमाडौँ । सप्तकोशी सिमेन्ट लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको जनाएको छ। कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका आधारमा जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि ल्याउने भएको हो।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ। उक्त नियुक्तिसम्बन्धी सम्झौतापत्रमा कम्पनीका तर्फबाट अध्यक्ष मोना जालान र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन्।
दैनिक ६०० टन उत्पादन क्षमता रहेको सप्तकोशी सिमेन्ट नेपाल गुणस्तर मापदण्डअनुसार पीपीसी तथा ओपीसी ९४३ र ५३ ग्रेड० सिमेन्ट उत्पादन गर्दै आएको उच्चस्तरीय निर्माता कम्पनी हो। एच।आर। गोयल समूहद्वारा प्रवर्द्धित कम्पनीले २०१९ देखि व्यावसायिक उत्पादन सुरु गरेको हो।
पूर्वी नेपालमा मात्र करिब २० प्रतिशत बजार हिस्सा ओगट्न सफल कम्पनीले क्षेत्रीय प्रतिस्पर्धामाझ निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। विभिन्न चुनौतीका बीच पनि कम्पनीले आर्थिक वर्ष २०८१र८२ मा अघिल्लो वर्षको तुलनामा २७ प्रतिशत बढी बिक्री वृद्धि हासिल गरेको छ।
सो आ।व। मा भएको नाफाबाट कम्पनीले १२ प्रतिशत बोनस सेयर पनि वितरण गरेको छ। आगामी आईपीओबाट संकलित पूँजी नयाँ क्लिङ्कर प्लान्ट स्थापना तथा विद्यमान प्लान्टको क्षमता विस्तारमा प्रयोग गरिने कम्पनीले जनाएको छ। यसले कम्पनीको उत्पादन एकीकृतता, प्रतिस्पर्धात्मक क्षमता, वित्तीय प्रदर्शन तथा दीर्घकालीन वृद्धिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij