काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट लाभांश घोषणा गरेको छ ।बैंकले हाल कायम चुक्ता पूँजी ५६ करोड ९६ लाख ९८ हजार ५०० रुपैयाँको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ८.४६२७४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । मंसिर १० गते बसेको बैंकको सञ्चालक समिति बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिने बैंकले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij