Logo

Nov 27 2025 | २०८२, मंसिर ११गते

Nov 27 2025 | २०८२, मंसिर ११गते

images

नेप्सेमा एनआरएन र शिवम् सिमेन्ट्सको शेयरमूल्य समायोजन, नयाँ मूल्य सार्वजनिक

नेप्सेमा एनआरएन र शिवम् सिमेन्ट्सको शेयरमूल्य समायोजन, नयाँ मूल्य सार्वजनिक

  • काठमाडौँ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट (NRN) तथा शिवम् सिमेन्ट्स (SHIVM) को शेयरमूल्य समायोजन गरेको छ। दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि मूल्य समायोजन गरिएको हो।

    नेप्से अनुसार एनआरएनको ४०% बोनस शेयर तथा शिवम् सिमेन्ट्सको २.५% बोनस शेयर समायोजन गरिएको छ। समायोजनपछिको नयाँ मूल्य एनआरएनको १,३८२ रुपैयाँ २१ पैसा र शिवम् सिमेन्ट्सको ६०० रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ।

    अघिल्लो कारोबार दिन (बुधबार) का अन्तिम मूल्यका आधारमा समायोजन गरिएको हो। त्यसअनुसार:

    • एनआरएन– अन्तिम कारोबार मूल्य: १,९३५ रुपैयाँ १० पैसा
    • शिवम् सिमेन्ट्स– अन्तिम कारोबार मूल्य: ६१५ रुपैयाँ ४० पैसा

    यसै समायोजित मूल्यलाई आधार बनाएर दोस्रो बजारमा दुवै कम्पनीको शेयर कारोबार खुल्नेछ।

    एनआरएनले हालको चुक्ता पूँजीको ४०% बोनस र कर प्रयोजनका लागि २.१०५% नगद लाभांश दिने प्रस्ताव गरेको छ। लाभांश पारित गर्न कम्पनीले पुस ४ गते काठमाडौँको थिरबम सडकस्थित आम्रपाली ब्यान्क्वेटमा बिहान ९ बजे १३औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले बोनस वितरणपछि १००% हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

    शिवम् सिमेन्ट्सले हाल कायम चुक्ता पूँजीको २.५% बोनस तथा कर सहित १०% नगद लाभांश पारित गर्न मंसिर २५ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान साढे १० बजे सुरु हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij