काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्था सुदृढ बनाउन नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका छन्।
प्रधानमन्त्रीको सिफारिस र नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर ८ गतेको निर्णयका आधारमा राष्ट्रपतिले सेना परिचालनको अनुमति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।
यस स्वीकृतिसँगै आगामी निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न सुरक्षा संयन्त्र थप सशक्त बन्ने अपेक्षा गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij