काठमाडौँ । नेपाल धितोपत्र बोर्डले भुजुङ हाइड्रोपावरलाई सर्वसाधारणमा शेयर बिक्री गर्न आईपीओ निष्काशन अनुमति प्रदान गरेको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ, जसको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरका २० लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन हुनेछन्। कम्पनीमा हाल ८० प्रतिशत (८० लाख कित्ता) शेयर संस्थापक शेयरधनीका नाममा रहेको छ।
भुजुङ हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल रहेको छ। कम्पनीले मंसिर ११ गते नेपाल धितोपत्र बोर्डबाट औपचारिक रूपमा शेयर निष्काशन अनुमति पाएको हो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij