काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सले साविक विजेता जनकपुरलाई २४ रनले पराजित गर्दै आफ्नो पहिलो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो। जवाफी पारीमा जनकपुरले २० ओभरमा १३० रन मात्र बनाउँदा नौ विकेट गुमायो। पोखराका लागि विपीन खत्रीले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै चार ओभरमा १५ रन खर्चेर चार विकेट लिए। ब्याटिङमा सुमित वर्माले ५० रनको अर्धशतक बनाए भने त्रितराज दासले २८ रन जोड्दै पोखरालाई चुनौतीपूर्ण लक्ष्यमा पुर्याए।
जनकपुरका लागि वायन पार्नेलले ३८ बलमा अर्धशतक बनाएका भए पनि टिमको हार रोक्न सकेनन्। खेलको दौरान केही रोचक घटनाहरु पनि भएस पार्नेल र पोखराका बलर डान डाउथवेट मांसपेसी खिचावका कारण ‘रिटायर्ड हर्ट’ भए। पोखराका दीनेश खरेल र एडम रोसिङ्टनले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै टिमलाई राम्रो सुरुआत दिलाए।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij