Logo

Nov 28 2025 | २०८२, मंसिर १२गते

Nov 28 2025 | २०८२, मंसिर १२गते

images

चिनियाँ कम्पनीले पायो ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न ठेक्का

चिनियाँ कम्पनीले पायो ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न ठेक्का

  • काठमाडौँ । चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न ठेक्का पाएको छ ।अहिलेको विनिमय दर अनुसार २ अर्ब ३९ करोड रुपैयाँ ( १६.९८५ मिलियन अमेरिकी डलर ) लागतमा  नोट छाप्न नेपाल राष्ट्र बैंकले चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङलाई   जिम्मा दिने निर्णय गरेको हो ।

    निर्णयअनुसार एक हजार दरको नोट छाप्न अहिलेको विनिमय दरले हिसाब गर्दा   ५ रुपैयाँ ५६ पैसा लाग्ने देखिएको छ । यस अन्तर्गत १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाई हुनेछ । यसका लागि राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।

    नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले  तोकिएको समयमा बोलपत्रमा सहभागी भएका सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाता मध्येबाट उक्त छनोट गरिएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij