Logo

Sep 16 2025 | २०८२, भदौ ३१गते

Sep 16 2025 | २०८२, भदौ ३१गते

images

विदेशी लगानाीकर्ता नेपालमा लगानी गर्न इच्छुक भइरहेको समयलाई उपयोग गर्नु आवश्यक भएको मन्त्री महतको भनाइ

विदेशी लगानाीकर्ता नेपालमा लगानी गर्न इच्छुक भइरहेको समयलाई उपयोग गर्नु आवश्यक भएको मन्त्री महतको भनाइ

  • काठमाडौें । विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छ्क रहेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न बढी इच्छुक हुँदै गएको बताएका हुन् ।

    बिहीबार सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको तेस्रो बैठकमा मन्त्री महतले यस्तो  बताए ।मन्त्री महतले विगतमा विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न उदासिन रहेको तर अहिले लगानी गर्न आफैँ खोज्दै आइरहेको खुलाए । विदेशी लगानीकर्ताहरुको यो चाहनालाई नेपालले उपयोग गर्न सक्नुपर्ने उनको भनाइ छ ।

     वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनलाई पूर्णरूपमा सफल पार्न बैठकमा सहभागीहरूलाई आग्रह गरे ।
    अर्थमन्त्री महतले विश्व बैंकको सहुलियत दरमा ऋण दिने संस्थाको सम्मेलन नेपालमा गर्न विश्व बैंक तयार भएको र केही दिनमै औपचारिक पत्र आउने पनि बताए । सो सम्मेलन नेपालमै हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने र यसमा ९२ भन्दा बढी देशको प्रतिनिधित्व हुने मन्त्री महतले खुलाए ।

    वल्र्ड बैंकका प्रेसिडेन्ट लगायतको उपस्थितिमा  हुने सो सम्मेलन अघि नेपालमा  लगानी सम्मेलन पनि वैशाख १६ र १७ गते हुन गइरहेको छ । युएईले पहिला ट्याक्स लिएन सबै आए । अहिले ट्याक्स लगाउँदा कोही पनि छोडेर जानेवाला छैनन् । त्यस्तै माहोल नेपालमा बनाउसक्नु पर्ने मन्त्री महतले जनाए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij