Logo

Jan 15 2025 | २०८१, माघ २गते

Jan 15 2025 | २०८१, माघ २गते

images

प्रधानमन्त्री प्रचण्ड ,ओलीलगायतका नेतालाई हिटल्स्टिमा राखी फिरौतीको धम्की दिने पक्राउ , अनुसन्धान जारी

प्रधानमन्त्री प्रचण्ड ,ओलीलगायतका नेतालाई हिटल्स्टिमा राखी फिरौतीको धम्की दिने पक्राउ , अनुसन्धान जारी

  •  

    काठमाडौ । प्रहरीले ज्यान मार्ने धम्की दिँदै पाँच करोड फिरौती माग्ने दुईजनालाई पोखराबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वतकाे कुश्मा नगरपालिका– २ खुर्कोट घर भई हाल पोखरा महानगरपालिका– ८ सिमलचौर बस्ने वर्ष ३६ का लक्ष्मण दर्जी र पर्वतकाे कुश्मा नगरपालिका– १४ आर्थर घर भई हाल पोखरा– ८ सिमलचौर बस्ने वर्ष ४२ का दीपकबहादुर क्षेत्री रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार कार्यालयमा पत्रकार सम्मेलन गरी जनाएको हो ।

     पक्राउ परेका उनीहरूले १८ माघदेखि पोखरा– १६ लामाचौर घर भई पोखरा– १६ दीपमा सच्चाई सेवा केन्द्र सञ्चालन गर्दै आएका सच्चाई केन्द्र नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका प्रकाशदीप गैरेलाई फोन तथा म्यासेजमार्फत हिन्दी भाषामा कुराकानी तथा एसएमएस गरी पाँच करोड रुपैयाँ माग गरेका थिए। 

    मागेको रकम नदिए गैरेसँगै उनको परिवारका सदस्यको समेत ज्यान मार्ने धम्की उनीहरूले दिँदै आएका थिए। 
    फिरौती माग र ज्यान मार्ने धम्कीपछि गैरे परिवारले दिएको निवेदनको आधारमा खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान तथा फिरौती माग गर्नेहरूको खोजतलास गर्ने क्रममा पोखरा– ८ सिमलचौर जाल्पा मन्दिरस्थित डेराबाट उनीहरूलाई पक्राउ गरिएको पक्रकार सम्मेलनमा कास्कीका प्रहरी प्रमुख मोहनकुमार  थापाले जानकारी दिए। 

    एसपी थापाका अनुसार उनीहरूको गैरेसँगको सम्बन्धमा युट्युबबाट जानकारी लिएपछि दर्जी १३ माघमा सच्चाई केन्द्र गई करिब दुई घण्टा बसेर गैरेको मोबाइल नम्बर लिएर आएका थिए।

    त्यसपछि धम्कीपूर्ण म्यासेज पठाउँदै फिरौती माग गर्ने काम गरेका उनीहरूले २० र २३ माघमा समेत हालचाल बुझ्न दीपस्थित सच्चाई केन्द्र पुगेको अनुसन्धानबाट खुलेको थापाले बताए। 

    प्रहरीले उनीहरूको डेरासँगै कोठाबाट विभिन्न सामग्रीहरूसमेत बरामद गरेको छ। बरामद गरिएको सामानहरूमा उनीहरुले फिरौती माग गर्न विभिन्न व्यक्तिहरूको नाम उल्लेख गरिएको आठ पानामा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै अन्य नेताहरू, उद्योगी, व्यापारीहरूको नाम रहेको जनाएको छ ।

    प्रहरीले यसका साथै किताब तीन थान, नोटबुक, विभिन्न व्यक्तिको नाम उल्लेख गरिएको पाना आठ थान, चार थान मोबाइल सेट, विभिन्न नम्बरका नमस्तेका पाँच, एनसेलका तीन र भारतीय एक गरी नौ थान सिमकार्ड, खुकुरी, पाँच सय ७२ ग्राम लागुऔषध गाँजा, भरुवा बन्दुकमा लाग्ने केप २७ थान, सानाे–ठूलो मुगाट १४ थान, फलामको ह्याक्सा ब्लेड एक थान, रन्दा मेसिन एक थान, गेलेन्डर मेसिन एक थान र पेन्चिस एक थान बरामद गरेको थियो।  

    प्रहरीले उनीहरूको साथबाट  बरामद गरिएका कागजातहरूमा विभिन्न कोर्ड भाषा लेखिएका कागजातहरूमा   बिग मनी वित टारगेट भनी किडन्याप, फिरौती, सुटआउट, प्रोटेक्सन मनीलगायतका भाषा लेखिएका छन्।

    प्रोटेक्सन मनी भनी उनीहरूले रिच किड्स उल्लेख गर्दै नेता, व्यापारी, गुण्डा, भूमाफिया, औद्याेगिक माफिया, मेडिकल माफिया, म्यानपावर माफिया लेखेका छन्। 

    यसैगरी कमजोर प्वाइट भन्दै उनीहरूले गणतन्त्र–राजतन्त्र, धर्म निरपेक्षता–हिन्दू राष्ट्रजस्ता कुरा लेखेको भेटिएको एसपी थापाले जानकारी दिए। 

    पक्राउ परेका दुईमध्ये क्षेत्री यसअघिसमेत दुईपटक विभिन्न घटनामा पक्राउ परेका व्यक्ति रहेका थापाले जानकारी दिए।

    जिल्ला प्रहरी कार्यालय पर्वतबाट ०७९ सालमा क्षत्रीलाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलेको र ०७१ सालमा वडा प्रहरी कार्यालय पोखरा– १ बगरबाट अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको देखिएको थापाले जानकारी दिए।

    पक्राउ परेका दर्जी विगत चार वर्षदेखि वैदेशिक रोजगारीका क्रममा कतारमा रहेकोमा एक महिना अघिमात्र नेपाल आएका थिए।


     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij