
काठमाडौँ । सेप्टेम्बर 4 देखी 6 तारिख सम्म माल्दिभ्सको मालेमा सम्पन्न भएको अन्तराष्ट्रिय रोलर स्पीड स्केटिङ्ग प्रतियोगीतामा सहभागी 6 जना जुनियर खेलाडी सहितको 9 सदस्यीय नेपाली टोली शनिबार 1(एक) मेडल सहित काठमाण्डौ आइपुगेको छ। उक्त प्रतिसपर्धामा भाग लिएका खेलाडीहरुले ट्रयाक तर्फ 100मि., 500 मि., 1000 मि., को प्रतिस्पर्धा र रोड तर्फ 5 कि.मी. र 10 कि.मी.मा प्रतिस्पर्धा गरेका थिए। उक्त प्रतियोगितामा सहभागी खेलाडीहरु रोज वडु, जुन वडु, समिरन भुषाल, प्रिसा खाँड, जेहाना अर्याल र ओस्वी भट्टराईले प्रतिस्पर्धा गरेका थिए । साथै अफिसियलमा निलम बानियाँ वडु र सानि महर्जन रहेका थिए ।
प्रतिस्पर्धामा सम्मिलित खेलाडीहरुले राम्रो प्रतिस्पर्धा गर्न सफल भएका थिए। 6 खेलाडीहरु मध्ये 7-8 बर्ष उमेर समुहमा, ट्रयाक तर्फको 100 मि., 500 मि., र 1000 मि. को प्रतिस्पर्धामा प्रिंसा खाँडले तेस्रो स्थान हाँसिल गर्दै देशको लागी ब्राउन्ज मेडल पक्का गरेकी थिइन्। लामो दुरीको दौड र रोड तर्फ भने कुनै पनि नतिजा हाँसिल गर्न सकेन। नेपाल स्केटिङ्ग तथा स्केटबोर्डीङ्ग एसोसियसनका प्रमुख प्रशिक्षक दिलिप राज बरालले जानकारी गराए ।
काठमाण्डौ आइपुगेको स्केटिङ्ग टोलीलाई शनिबार काठमाण्डौ अन्तरराष्ट्रिय विमानस्थलमा खादा, फुल तथा माला लगाई स्वागत गरिएको थियो। स्केटिङ्ग टोलिलाई संघका अध्यक्ष अच्युत खनाल, प्रशिक्षक दिलिप राज बराल, बागमति संघका अध्यक्ष विकाश लामा, खेलाडी अनिश शाह, कानुनी सल्लाहकार वैदिक मरासिनी लगायत स्केटिङ्ग खेल प्रेमीहरु तथा अभिभावकहरुले स्वागत गरेका थिए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij