काठमाडौं । गत साउन २९ गते प्राथमिक शेयर बाँडफाँट गरेको दरमखोला हाइड्रो इनर्जीलगायत सात कम्पनीको शेयर दोस्रो बजारमा सूचीकृत हुन नपाउँदा लगानीकर्तामाझ असन्तुष्टि बढेको थियो। तर,नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारी आन्दोलन स्थगित गरेसँगै अब ती कम्पनीको शेयर एकै पटक सूचीकृत हुने तयारी भएको छ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार निवेदन प्राप्त भएको सात दिनभित्र सूचीकरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। तर, कर्मचारी आन्दोलनका कारण साउन महिनादेखि कुनै पनि कम्पनीको सूचीकरण हुन सकेको थिएन।
आन्दोलनका कारण सूचीकृत हुन नसकेका कम्पनीहरू
गत साउनदेखि नेप्सेका कर्मचारीहरूले वेतन तथा संरचनागत मागसहित आन्दोलन थालेका थिए। यसबीचमा प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईं पनि दशैंपछि कार्यालय उपस्थित भएका थिएनन्। प्रमुखको हस्ताक्षरबिना सूचीकरण प्रक्रिया अघि बढ्न नसक्ने भएकाले सूचीकृत हुन पर्खिरहेका सात कम्पनीको काम अवरुद्ध भएको थियो।
हाल नेप्सेमा सूचीकरणका लागि पर्खिरहेका कम्पनीहरू—
यसबाहेक श्रीनगर एग्रीकेटले बुधवार मात्र शेयर बाँडफाँट गरेको र सूचीकरणको निवेदन नदिएको नेप्सेले जनाएको छ।
सूचीकरण प्रक्रिया पुनः गतिमा
बुधवार बिहान आन्दोलनरत कर्मचारी र व्यवस्थापनबीच भएको सहमतिपछि आन्दोलन स्थगित भएको छ। त्यससँगै नेप्से प्रमुख चूडामणि चापागाईं कार्यालय फर्किएर रोकिएका कामहरू तत्काल सुरु गरेका छन्। सूचीकरण विभागका अनुसार अहिले लामो समयदेखि रोकिएका सूचीकरण फाइलहरू प्राथमिकताका साथ निस्कासन तयारीमा छन्।
बोनस र हकप्रद सूचीकरणमा अझै समस्या
प्राथमिक शेयरसँगै बोनस र हकप्रद शेयरको सूचीकरण प्रक्रिया पनि रोकिएको थियो। यस्तो सूचीकरणका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा दर्ता प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ। तर, अहिले बोर्डका कर्मचारी पनि आन्दोलनरत रहेकाले यस क्षेत्रमा अझै ढिलाइ हुन सक्ने देखिएको छ।
तर बुधवारकै दिन धितोपत्र बोर्डका अध्यक्ष प्रहरीको सहयोगमा कार्यालय पुगेका र कर्मचारी आन्दोलन पनि छिट्टै स्थगित हुने संकेत देखिएको स्रोतले जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij