Logo

Oct 31 2025 | २०८२, कात्तिक १४गते

Oct 31 2025 | २०८२, कात्तिक १४गते

images

नकली बैंक ग्यारन्टी बनाइ नगरपालिका भवन निर्माण भ्रष्टाचार मुद्दामा दुई दोषी

नकली बैंक ग्यारन्टी बनाइ नगरपालिका भवन निर्माण भ्रष्टाचार मुद्दामा दुई दोषी

  • काठमाडौं । विशेष अदालतले सर्लाहीको लालबन्दी नगरपालिका भवन निर्माणमा निर्माण व्यवसायीसमेतको मिलेमतोमा अनियमितता भएको विषयमा  फैसला गरेको छ ।अदालतको सो फैसलामा  एकजनाले सफाइ र  दुईजना दोषी ठहर भएका छन्। 

    विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठसमेतको  इजलासले यो मुद्दाको अन्तिम किनारा लगाएको हो ।  अदालतको सो फैसला अनुसार अनिल गुप्ताले सफाइ पाएका छन् भने सन्तोषविक्रम साह र शिवनन्दन पासवानलाई विशेषले दोषी ठहर गरेको छ। 

    भवन बनाउने ठेक्का पाएका लोकवीर बेताली-पाँचकुमारी जेभीका पार्टनरहरू अनिल गुप्ता र शिवनन्दन पासवानले ४२ लाख रुपैयाँको नक्कली अग्रिम भुक्तानी जमानत  (एडभान्स पेमेन्ट ग्यारेन्टी) तयार गरेको भेटिएको थियो। उनीहरूले उक्त नक्कली ग्यारेन्टीका आधारमा भुक्तानीसमेत लिइसकेका थिए। पछि नगरपालिका भवन निर्माण कार्य रोकिएको थियो। 

    नक्कली बैंक ग्यारेन्टी सर्लाहीको मलंगवास्थित नेपाल बैंक लिमिटेडको ऋण फाँटमा सहायक पदमा कार्यरत सन्तोषविक्रम साहले गरेको भन्दै अख्तियारले उनलाई पनि प्रतिवादी बनाएको थियो। उनीमाथि ३ फागुनमा सजाय निर्धारण हुने भएको अदालतले जनाएको छ ।

    ठेकेदारमध्येका पासवानलाई भने दुई वर्ष कैद सजाय हुने भएको छ। साथै, बिगोबराबरको ४२ लाख पनि जफत हुने विशेषको ठहर छ। अख्तियारले अनुसन्धानपछि २२ भदौ ०७८ मा तीनैजनालाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij