Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

नेप्सेमा सूचीकृत तथा रुग्ण उद्योगमा विदेशी लगानीका लागि केन्द्रीय बैंक लचकता अपनाउँदै

नेप्सेमा सूचीकृत तथा रुग्ण उद्योगमा विदेशी लगानीका लागि केन्द्रीय बैंक लचकता अपनाउँदै

  •  काठमाडौं । बैशाखमा आयोजना गरिएको तेस्रो  लगानी सम्मेलन सफल पार्न त्यस अघि सरकार विदेशी लगानीको प्रक्रिया सरल बनाउने काम अगाडि बढाइरहेको देखिएको छ । केन्द्रीय बैंकले पनि विदेशी लगानीसम्बन्धी नीति खुकुलो बनाउने थालेको हो ।

    नेपाल राष्ट्र बैंकले नियमावली संशोधन गरेर सेयर स्वामित्व परिवर्तन गरेर विदेशी लगानी भित्र्याउन समेत केन्द्रीय बैंकको स्वीकृति नचाहिने व्यवस्था गरेको छ । सेयर स्वामित्व परिवर्तन  गरेर विदेशी लगानी ल्याउन  नेपाली सेयरधनीको स्वामित्व अनुपात घट्न नहुने व्यवस्था गरेको छ । सोहीक्रममा धितोपत्र बजारमा सूचीकृत र औद्योगिक व्यवसाय ऐन २०७६ अनुसारको रुग्ण उद्योगमा सेयर स्वमित्व परिवर्तन हुनेगरी विदेशी लगानी ल्याउन केन्द्रीय बैंकको स्वीकृति नचाहिने व्यवस्था गरिएको छ ।  यसअघि सेयर स्वामित्व परिवर्तन हुने गरी विदेशी लगानी ल्याउन  केन्द्रीय बैंकको स्वीकृति अनिवार्य थियो ।

    विनियमावली अनुसार विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात त्यसवापतको विदेशी मुद्रा नेपाल पठाउन केन्द्रीय बैंकको पूर्व स्वीकृति अनिवार्य छैन । तर, विदेशी लगानी स्वीकृत भएपछि भित्र्याउन पूर्व लिखित जानकारी दिनुपर्छ ।त्यसैगरी विनियमावलीमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७९ बमोजिम तोकिएको अवधिभित्र विदेशी लगानी भित्र्याउन नसके विदेशी लगानी स्वीकृत गर्ने निकायबाट अवधि थप गरिएको स्वीकृति समेत पेश गर्नुपर्ने व्यवस्था थप गरिएको छ । 

    तर , यसअघि समय अवधि थप गर्ने व्यवस्था थिएन । नेपाल भित्रिएको विदेशी लगानी वापतको रकम बैंक तथा वित्तीय संस्थाले आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कम्पनी वा उद्योगको खातामा जम्मा गरिदेने व्यवस्था विनियमावलीमा छ । विनियमावली यो प्रक्रिया पूरा गरेका सूचीकृत कम्पनी तथा रुग्ण उद्योगको सेयर स्वामित्व परिवर्तन हुने गरी भित्रिएको विदेशी लगानीवापतको रकम खातामा जम्मा हुने व्यवस्था विनियमावलीमा गरिएको छ ।

    संशोधित विनियमावली अनुसार सेयर स्वामित्व परिवर्तन हुने गरी विदेशी लगानी ल्याउन नेपाली उद्योगमा कायम रहेका कुल नेपाली सेयरधनीहरुको सेयर अनुपात नघट्ने गरी हुनुपर्छ । यस्तै  धितोपत्र बजारमा सूचीकृत कम्पनीमा र औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिमको रुग्ण उद्योगमा सेयर स्वामित्व परिवर्तन हुने गरी वैदेशिक लगानी ल्याउन सकिन्छ ।

    विदेशी मुद्रा नेपाल भित्रिएपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको छ । विनिमयदरको कारण स्वीकृत विदेशी लगानी रकमभन्दा बढी भित्रिएको रकम फिर्ता पठाउन अनिवार्य नहुने व्यवस्था विनियमावलीलमा छ । यसैगरी बढी भित्रिएको रकम समेतलाई खाम्ने गरी विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त भएपछि लेखांकनसम्बन्धी अन्य व्यवस्थाहरुको पालना हुने गरी विदेशी लगानीको रुपमा लेखांकन गर्न सकिनेछ ।

    स्वीकृत विदेशी लगानीको रकमभन्दा बढी रकम समेत विदेशी लगानीको रुपमा भित्रिन सक्नेछ । यस्तो बढी भित्रिएको रकमलाई खाम्ने गरी विदेशी लगानी स्वीकृत गर्ने निकायबाट विदेशी लगानीको समर्थन–स्वीकृति प्रदान भएमा वा यस्तो बढी भित्रिएको मितिपछि रकम र मिति समेत उल्लेख भएको विदेशी लगानीको स्वीकृति प्रदान भएमा लेखांकनसम्बन्धी अन्य व्यवस्थाहरु पालना हुने गरी विदेशी लगानीको रुपमा लेखांकन गर्न सकिने व्यवस्था विनियमावलीमा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij