Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

अमेरिका जान पाउने लोभमा बन्धक परेका ११ भारतीय नागरिकको काठमाडौंबाट उद्धार

अमेरिका जान पाउने लोभमा बन्धक परेका ११ भारतीय नागरिकको काठमाडौंबाट उद्धार

  • काठमाडौं । नेपाललाई अमेरिका बनाएर परिवारसँग रकम असुल्ने योजनामा बन्धक बनेका ११ जना भारतीयलाई उद्धार गरिएको छ । महिना दिनदेखि बन्धक बनाएर काठमाडौं रातोपुलस्थित एक घरमा राखिएका  ११ भारतीय नागरिकलाई जिल्ला प्रहरीपरिसर काठमाडौले उद्धार गरेको हो । 

     काठमाडौं महानगरपालिका–९ रुद्रनगरस्थित मारबाडीको घरमा महिना दिनदेखि बन्धक बनाइएको थियो। बन्धक बनाउनकै लागि तस्करले सिंगै घर भाडामा लिएको अनुसन्धभानमा खुलेको हो ।नीहरूलाई नेपालबाट दुबई हुँदै अमेरिका लैजाने भनेर तस्करले जहाजमार्फत् काठमाडौंं ल्याएका थिए। जिल्ला प्रहरीपरिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले उद्धार गरिएका भारतीय नागरिकको विषयमा जानकारी सार्वजनिक गरेका हुन् ।

    उद्धार गरिएका सबैलाई अमेरिका पु¥याई आकर्षक रोजगारीसहित ग्रिनकार्ड उपलब्ध गर्न लगाउन प्रलोभनमा पारी काठमाडौमा ल्याइएको थियो । त्यसका लागि उनीहरूले तस्करलाई केही रकम बुझाइसकेका छन् ।
    बन्धकहरूलाई दबाब दिएर परिवारसँग अमेरिका पुगेको फोन गर्न लगाउने र उनीहरूका परिवारसँग रकम माग्ने गरिएको प्रहरीको अनुसन्धानमा खुलेको जनाइएको छ ।

    यसबाट उनीहरूलाई प्रतिव्यक्तिबाट ४०देखि ४५ लाख भारतीय रुपैयाँ असुल गरेको भनिएको छ ।बन्धक बनाइएका भारतीय नागरिकका लागि उनीहरूले खानाको प्रबन्ध घरभित्रै गराएका थिए। उनीहरूलाई घरबाहिर निस्कन बन्देज लगाइएको थियो। आफूखुसी टेलिफोन गर्न र सामाजिक सञ्जाल चलाउनसमेत प्रतिबन्ध लगाइएको थियो।

    अमेरिका जाने आशामा महिना दिनदेखि  काठमाडौमा तस्करको यातना सहँदै आएका र अमेरिका जाने सपना अनिश्चित ठानेपछि उनीहरूले भारतस्थित परिवारका सदस्यसँग मौका छोपी पीडा सुनाएका थिए। परिवारका सदस्यले नेपालस्थित भारतीय दूतावासमा उद्धारका लागि अनुरोध गरेका थिए। त्यसलगत्तै, दूतावासले उद्धार गर्न नेपाल प्रहरीलाई भनेको थियो। मानव तस्करीमा संलग्न सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij