Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

सम्पत्ति शुद्धीकरणमा दोषी पुरीदम्पतीलाई चार करोड बढी जरिवाना

सम्पत्ति शुद्धीकरणमा दोषी पुरीदम्पतीलाई चार करोड बढी जरिवाना

  • काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका  रेवतराज पुरी गगनलाई चार करोड बढी जरिवाना तोकेको छ । विशेष अदालतबाट माघ २८ मा दोषी ठहर भएका पुरीको सजायस्वरूप आइतबार सो जरिवाना तोकिएको हो।

    विशेषका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले रेवतराज र उनकी श्रीमती केशावती पुरीलाई चार करोड रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको ठहर गरेको छ।

    सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा ३० (१) (क) बमोजिम रेवतराज र केशावतीलाई  जनही दुई करोड एक लाख ६७ हजार ४४७ रुपैयाँ (कुल चार करोड तीन लाख ३४ हजार ८९४ रुपैयाँ) जरिवाना तोकिएको छ। सोही ऐनको दफा ३४ (१) बमोजिम आरोपपत्रमा जफत गर्न दाबी लिइएको सम्पत्तिबाट बिगोबराबरको सम्पत्ति जफत हुनेसमेत विशेषले ठहर गरेको छ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रेवतराजका दम्पतीसहित ६ जनालाई प्रतिवादी बनाउँदै २१ माघ ०७७ मा मुद्दा दायर गरेकोमा प्रतिवादीहरू मनमाया पुरी, देवकुमारी पुरी, कृष्णकुमार पुरी र संगीता पुरीले भने सफाइ पाएका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij