Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

सनातन हिन्दू राष्ट्रपक्षीय नेपाली कांग्रेसका महसमिति सदस्यहरूद्वारा  हिन्दू राष्ट्र निर्माणका लागि हस्ताक्षर अभियान सञ्चालन 

सनातन हिन्दू राष्ट्रपक्षीय नेपाली कांग्रेसका महसमिति सदस्यहरूद्वारा  हिन्दू राष्ट्र निर्माणका लागि हस्ताक्षर अभियान सञ्चालन 

  • काठमाडौं । सनातन हिन्दू राष्ट्र पक्षीय नेपाली कांग्रेसका महसमिति सदस्यहरूले हिन्दू राष्ट्र निर्माणका लागि हस्ताक्षर अभियान चलाएका छन्।महासमिति बैठक चलिरहेको ललितपुरको गोदावरीमा स्टल राखेर नै औपचारिकरूपमा उनीहरूले हस्ताक्षर अभियान चलाएका हुन्। अहिलेसम्म ४ सय महासमिति सदस्यहरूले हस्ताक्षर गरेको उनीहरूले जनाए ।

    पूर्व महामन्त्री शशांक कोइरालाबाहेक अरू शीर्ष नेताहरू मध्ये कसैले सो अभियानमा अहिलेसम्म हस्ताक्षर गरेका छैनन। २०७५ सालको महासमितिमा पनि हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाइएको थियो। तर त्यतिबेला कोइरालाले यो एजेण्डामा हस्ताक्षर गरेका थिएनन।

    त्यसबेला  ७२१ जना महासमिति सदस्यहरूले हस्ताक्षर गरे पनि पार्टीमा औपचारिक एजेन्डाको रूपमा प्रवेश पाउन सकेको थिएन् । यसपाली पनि कांग्रेसले यो एजेण्डालाई आधिकारिकता नदिने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी सार्वजनिक गरे ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij