Logo

May 04 2025 | २०८२, वैशाख २२गते

May 04 2025 | २०८२, वैशाख २२गते

images

फेब्रुअरीमा नेपाल आउने पर्यटक ९७ हजार बढी, भारतीय पर्यटकहरूको हिस्सा २६ प्रतिशत बढी 

फेब्रुअरीमा नेपाल आउने पर्यटक ९७ हजार बढी, भारतीय पर्यटकहरूको हिस्सा २६ प्रतिशत बढी 

  • काठमाडौं । सन् २०२४को दोस्रो महिना फेब्रुअरीमा ९७ हजार बढी पर्यटकहरू नेपाल आएका छन् । यो कुल पर्यटकहरूको संख्यामा ३३ प्रतिशतले वृद्धि गरेको छ भने भारतीय पर्यटकहरू आउने हिस्सा २६ प्रतिशत बढी रहेको हो ।

    हवाई मार्ग हुँदै सन् २०२४ को दोस्रो महिनामा ९७ हजार ४ सय २६ पर्यटक नेपाल भित्रिए ।नेपाल पर्यटन बोर्डले जनाए  अनुसार २०२३को फेब्रुअरीमा ७३ हजार २ सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

    भारतबाट २५ हजार ५ सय ७८ जना पर्यटक आएका छन् । यो गत महिनाको २६.३ प्रतिशत  हिस्सा हो । चीनबाट ९ हजार १ सय ८० आएका छन् ।यसैगरी  प्रमुख पर्यटन बजार अमेरिकाबाट गत महिना ९ हजार ८९ र बेलायतबाट ४ हजार ५ सय ७१ पर्यटक भित्रिए  ।

    त्यस्तै थाइल्यान्डबाट ४ हजार ७ सय ९९, बंगलादेश ४ हजार ९९, श्रीलंका ३ हजार ६ सय ८४, अस्ट्रेलिया २ हजार ९ सय ७६, म्यानमार २ हजार ९ सय २१ र जर्मनीबाट २ हजार ४ सय ९४ आएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij