Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

टोकन लिएकै दिन श्रम स्वीकृति दिन वैदेशिक रोजगार कार्यालय ताहचलमा तीन सिफ्टमा काम सुरु

टोकन लिएकै दिन श्रम स्वीकृति दिन वैदेशिक रोजगार कार्यालय ताहचलमा तीन सिफ्टमा काम सुरु

  • काठमाडौं । श्रम स्वीकृति लिनेहरूको चाप बढेकाले त्यो काम तीन सिफ्टमा  सेवाग्राहीहरूलाई सेवा दिन सुरु गरिएको छ । वैदेशिक रोजगार कार्यालय ताहचलले ३ सिफ्टमा सेवा दिन थालेको हो । 

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति दिने व्यवस्था गर्न भनेपछि वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृति दिने सेवा २ वटा सिफ्टबाट ३ वटामा विस्तार गरिएको छ । श्रम अधिकारीहरूका अनुसार  अब सेवाको टोकन जारी भएकै दिनमा श्रम स्वीकृति जारी गर्न सकिने भएको छ ।

    वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेकाअनुसार  विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म, दिउँसो २ बजेदेखि राति ९ बजेसम्म र राती ९ बजेदेखि विहान ४ बजेसम्मको ३ सिफ्ट कायम गरेर सेवा दिन  थालिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij