Logo

May 25 2024 | २०८१, जेठ १२गते

images

धादिङको खाल्टेमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते


नया सडक

२०८१, वैशाख २ आइतबार

  • 339
    Shares

  • धादिङको खाल्टेमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

     

    images

    मलेखु । धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने एकै घरका पाँचसहित आठजना घाइते भएका छन् ।

     

    पतेनीबाट मल लिएर बारीमा जाँदै गरेको बा३ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते हुनेमध्ये पाँचजना बालबालिका छन् ।

     

    नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयले घटनास्थलबाट घाइतेको उद्धार गरी अस्पतालतर्फ पठाएका छन् । घाइते तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।रासस

     

    प्रतिक्रिया दिनुहोस