Logo

Oct 31 2025 | २०८२, कात्तिक १४गते

Oct 31 2025 | २०८२, कात्तिक १४गते

images

पर्सा प्रहरीले भन्सार छली गरी लान खोजिएको ५८ लाख बढीको मालको मालवस्तु राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझायो

पर्सा प्रहरीले भन्सार छली गरी लान खोजिएको ५८ लाख बढीको मालको मालवस्तु राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझायो

  • काठमाडौं । पर्सा जिल्ला प्रहरी कार्यालयले  राजस्व अनुसन्धान कार्यालय पथलैयामा चोरी तस्करी गरी लान खोजिएको ५८ लाख बढीको मालवस्तुसहितको ट्रक थप अनुसन्धानका लागि बुझाएको छ ।प्रहरीले बिल बिजक भन्दा बढी औषधि तथा खुद्रा मालवस्तु लोड भएको मालवाहक ट्रक बैशाख ३ गते राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको हो ।

    प्रहरीले पाएको सूचनाका आधारमा खोज तलाश गर्दा सो ट्रक नियन्त्रण लिएको जनाएको छ ।प्रहरीले जनाए अनुसार  मिति २०८१।०१।०२ गते सवा दश बजे राती बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचना पाएको थियो । 

    सो  सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.०८ घण्टाघरचोक स्थित सडकखण्डमा ना.३ ख ५१६५ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको पाइएको थियो ।सो विल बिजक शंकास्पद देखिएको हुँदा अन्दाजी मूल्य .५८लाख ४६ हजार २ सय ४१ रुपैयाँ कायम गरी  थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८१।०१।०३ गते राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij